राष्ट्रिय सभा सांसद वामदेव गौतमले नेपालले भारतलाई निःशुल्क शालिग्राम दिएको भन्दै आपत्ति जनाउनुभएको छ । आईतवार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा बोल्दै सांसद गौतमले भारतलाई सित्तैमा शालिग्राम दिन नहुने बताउनुभएको हो । उहाँले कालीगण्डकी नदीको शालिग्राम नेपाली जनतालाई थाहै नदिई काँग्रेस र माओवादी नेतृत्वको सरकारले भारतलाई शालिग्राम सित्तैमा दिएको बताउनु भयो ।