पोखराको एक कृषि फर्मले ग्लोवल आईएमई बैंकबाट व्यावसायिक कुखुरा फार्म सञ्चालनका लागि २० लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा लियो । शर्त बमोजिम व्यवसाय सञ्चालन गर्नुपर्नेमा उसले गरेन । स्थलगत अनुगमन गर्दा कुखुरा फार्मसम्म रहेको तर अन्य क्रियाकलाप नभएको देखियो । बिना धितो जारी भएको सो कर्जा लिने व्यक्ति अहिले नेपालमै छैनन् । ति व्यक्ति वैदेशिक रोजगारीमा छन् ।