राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले न्यायपालिकाको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै अदालतले कानूनि प्रक्रिया मिचेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद गौतमले यस्तो आरोप लगाउनुभएको हो । सांसद गौतमले अदालतले कार्यपालिका जस्तै प्रवृत्तिमा न्याय सम्पादन गर्न थालेको आरोप लगाउँदै यसरी मुलुकमा विधिको शासन कायम हुन नसक्ने टिप्पणी गर्नुभयो । अदालतले कानूनको उचित प्रक्रिया उल्लङ्घन गरेको भन्दै पूर्वन्यायधीशहरुको फोरमले समेत प्रश्न उठाउनुपर्ने बेला भएको बताउनु भयो ।