सांसद कार्कीको आरोपः मन्त्रीज्युहरु आएर संसदमा भिडियो गेम खेलेर बस्छन्

जेठ ४, २०८२ आइतबार
सांसद कार्कीको आरोपः मन्त्रीज्युहरु आएर संसदमा भिडियो गेम खेलेर बस्छन्

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले मन्त्रीहरु संसदमा भिडियो गेम खेलेर बस्ने गरेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो अरोप लगाउनुभएको हो । उहाँले संसद ढाँट्ने थलो रहेको महशुस भएको बताउनु भयो । उहाँले संसद आत्मसम्मानलाई धितो राख्ने ठाउँ रहेको भन्दै संसद जत्तिको निरस ठाउँ अरु नरहेको बताउनु भयो । उहाँले बोल्ने तर बोलेका कुराहरु नसुन्ने ठाउँ संसद रहेको भन्दै सरकारले जनतालाई सांसदहरुमार्फत ढाँट्ने गरेको बताउनु भयो । मन्त्रालयगत बजेटको बाँडफाँड भइसकेपछि राष्ट्रपतिबाट नीति तथा कार्यक्रम ल्याउने नाटक गरिएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images