राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले विपद् व्यवस्थापन पूर्वतयारीबारे सदनमा आएर जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आईतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै कार्यवाहक सभापति अर्यालले विपद् व्यवस्थापन पूर्वतयारीबारे गृहमन्त्रीको जवाफ माग गर्नुभएको हो । उहाँले केहि दिनदेखि देशका विभिन्न राजमार्गहरु अवरुद्ध रहेको बताउनु भयो । यसले यस वर्ष पनि वर्षाका कारण ठूलो क्षति हुने अनुमान गर्न सकिने भन्दै समयमै पूर्वतयारीमा जुट्न आग्रह गर्नुभयो ।