चलचित्र ‘के घर के डेरा ः घर नं २’ लाई दर्शकहरुले रुचाएका छन् । शनिवार साँझ चलचित्र हेरेर निस्किएका दर्शक र कलाकारहरुले चलचित्रको बारेमा आफ्ना धारणा राखेका थिए । चलचित्रमा कसरी जिन्दगी जिउने भन्नेकुरालाई सिकाइएको छ । सिनेमामा त्यही नै सिनेमाको सबैभन्दा राम्रो पक्ष रहेको भन्दै दर्शकले तारिफ गरिरहेका छन् । दर्शकहरुसँग चलचित्र हेरेसँगै सिने पत्रकारहरुसँग कुराकानी गर्दै कलाकारहरुले चलचित्रमा देखाइएको कथावस्तु कुनै न कुनै हिसावले आफ्नो जीवनसँग मेल खाने बताए ।