तीन विश्वविद्यालयका टोलीले खेल्ने डम्बर धामी स्मृति टि—टेन क्रिकेट प्रतियोगिता आईतवारदेखि हुने भएको छ । नेपालका तीन विश्वविद्यालयका कुल १२ कलेजका टिमको सहभागिता रहने प्रतियोगिता आईतवारदेखि हुन लागेको हो । प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।