पार्टी निर्माणकै चरणमा छौँ, देशभर बिस्तार हुन सकेको छैनः वरिष्ठ उपाध्यक्ष पाण्डे

जेठ ३, २०८२ शनिबार
पार्टी निर्माणकै चरणमा छौँ, देशभर बिस्तार हुन सकेको छैनः वरिष्ठ उपाध्यक्ष पाण्डे

नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले आफूहरु पार्टी निर्माणको चरणमै रहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा अखिल नेपाल महिला संघ (समाजवादी) को सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा (एकीकृत समाजवादी) भर्खरै निर्माण गरेको पार्टी भएको बताउँदै देशभर बिस्तार गर्ने चरणमा रहेको बताउनु भयो । उहाँले सात प्रदेश, सात सय ५३ पालिका स्तरमा अझै फैलावट नभइसकेको बताउनु भयो । नेतृत्व निर्माण गर्ने बेलामा विवाद गरेर बस्न नहुने भन्दै उहाँले संगठनलाई सफल बनाउन लाग्नुपर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images