छैटौं युरोपेली राजनीतिक समुदाय (इपिसी) शिखर सम्मेलन शुक्रवार अल्बानियाको राजधानी तिरानामा आयोजना गरिएको छ । जसमा लगभग ५० राष्ट्रिय तथा क्षेत्रीय नेताहरूका साथै युरोपेली संघ (इयु) र अन्तर्राष्ट्रिय संस्थाहरूका प्रमुखहरू साझा सुरक्षा र आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्न उपस्थित थिए ।