नेकपा (एकीकृत समाजवादी)निकट अखिल नेपाल महिला सङ्घ (समाजवादी) केन्द्रिय समितिको सातौँ राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । सङ्घले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै सातौँ राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । “समाजवाद निर्माणको आधार तयार गरौँ, राज्यको सम्पूर्ण क्षेत्रमा समानुपातिक सहभागिता सुनिश्चित गरौँ” भन्ने नाराका साथ सम्मेलन हुन लागेको सङ्घकी अध्यक्ष जयन्ती राईले जानकारी गराउनु भयो ।