साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति गुरुङ

जेठ २, २०८२ शुक्रबार
साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति गुरुङ

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले साँठगाँठे पुँजीवाद (क्रोनी क्यापिटालिजम)ले मुलुकको अर्थतन्त्र ध्वस्त बनाएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उपसभापति गुरुङले यस्तो टिप्पणी गर्नुभएको हो । व्यवसायमा प्रतिष्पर्धा, दक्षता र नवप्रवर्तनभन्दा बढी राजनीतिक पहुँचलाई महत्व दिने प्रवृत्तिको कारण मुलुकको अर्थतन्त्र ध्वस्त भएको उहाँको भनाइ छ । मुलुकमा बढ्दो आर्थिक चुनौतीका बीच अगामी आर्थिक वर्षको सिद्धान्त र प्राथमिकता स्वागतयोग्य रहेको बताउनु भयो । बजेट विनियोजन गर्दा पुँजी निर्माणलाई राष्ट्रको उत्पादनशील क्षेत्रमा केन्द्रित गर्नुपर्नेमा उहाँको जोड छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images