नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान कार्यान्वयनसँग जोडिएका कानून चाँडो पारित गर्ने विषय सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनुभएको छ । शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान कार्यान्वयनसँग जोडिएका कानूनहरूलाई पारित गर्न सरकारको मात्रै पहलकदमीले नपुग्ने बताउनु भयो । उहाँले कानूनहरूलाई पारित गर्न सरकार, संसद र संसदीय समितिहरूले सँगसँगै काम गर्नुपर्नेमा जोड दिनुभयो ।