सउदी अरबको मक्का–मदिना हज यात्रा गर्न लागेका हज यात्रीहरूलाई रोग प्रतिरोधात्मक खोप प्रदान गरिएको छ । बिहीवार काठमाडौंस्थित पञ्चकाश्मिरी मस्जिदमा हज यात्रीहरुलाई रोग प्रतिरोधात्मक खोप प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विगत वर्षहरुभन्दा यस वर्षको हज यात्रालाई व्यवस्थित बनाउने प्रयास गरेको बताउनु भयो ।