सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गभर्नर नियुक्ति छिटै नियुक्ति हुने बताउनुभएको छ । मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बिहीवार सिंहदरबारमा मन्त्री गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर दुई—चार दिनभित्रै नियुक्ति हुने बताउनुभएको हो । उहाँले अब तलमाथि नभइकन केही दिनभित्रै गभर्नर नियुक्ति हुने बताउनु भयो । उहाँले उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिबाट डा. विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बनेकाले सरकारले महाप्रसाद अधिकारी सदस्य र डा. पोषराज पाण्डे सदस्य रहनुभएको तीन सदस्य सिफारिस समिति गठन गरेको बताउनु भयो ।