प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक क्षेत्रमा साँच्चैको मेरिटोक्रेसी लागू गर्न चुनौति दिनुभएको छ । बिहीवार काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो चुनौति दिनुभएको हो । प्रधानमन्त्री ओलीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभूवन विश्वविद्यालयको उपकुलपति नियुक्ति गर्दा मेरिटोक्रेसीको आधारमा गरेको दाबी गर्र्दै आउनुभएकोप्रति लक्षित गर्दै साँच्चिकैको मेरिटोक्रेसी लागू गर्न चुनौति दिनुभयो । उहाँले परीक्षा लिएझैँ गर्ने, आफैँ उत्तरपुस्तिका जाँच्ने र अन्तर्वार्तामा कसको नाम निकालौँ भनेर सोधेर नाम निकालेको बताउनु भयो । जाँच नै लिने भए जाँच नै लिनुपर्ने तर स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने बताउनु भयो ।