अमेरिकी श्रम विभागको प्रतिवेदनअनुसार अप्रिलमा अमेरिकी उपभोक्ता मुद्रास्फीति २.३ प्रतिशतले बढेको छ । जुन मार्चमा २.४ प्रतिशत र फेब्रुअरीमा २.८ प्रतिशत थियो । श्रम तथ्याङ्क ब्यूरोले जारी गरेको प्रतिवेदनअनुसार अमेरिकी अर्थतन्त्रमा वस्तु तथा सेवा लागतको व्यापक मापन उपभोक्ता मूल्य सूचकांक (सीपीआई) मार्चमा ०.१ प्रतिशतले घटेपछि अप्रिलमा मौसमी रूपमा समायोजित आधारमा ०.२ प्रतिशतले बढेको छ । सीपीआई जनवरीमा ०.५ प्रतिशत र फेब्रुअरीमा ०.२ प्रतिशतले बढेको थियो ।