अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरु गर्नुभएको कार्यक्रम अन्तर्गत शरणार्थी स्थिति प्रदान गरिएका ४९ जना गोरा दक्षिण अफ्रिकीहरूको समूह जोहानेसबर्गको ओआर ट्याम्बो अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त राज्य अमेरिकाको लागि प्रस्थान गरेको दक्षिण अफ्रिकी यातायात विभागले सोमबार पुष्टि गरेको छ । विभागका राष्ट्रिय प्रवक्ता कोलेन मसिबीले संयुक्त राज्य अमेरिका जाने शरणार्थीहरूको लागि यातायात विभागले जारी गरेको यो एक मात्र चार्टर आवेदन हो ।