सरकारले आयोजना बैंक स्थापना गर्ने तयारी गरेको छ । बुधवार साँझ सिंहदरबारमा बसेको लगानी बोर्डको बैठकले आयोजना बैंक स्थापनाको तयारी गर्ने निर्णय गरेको हो । बैठकले बोर्डका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा आयोजनाहरुको प्राथमिकीकरणका लागि सूचि तयारी गर्ने सम्बन्धमा प्रश्ताव पारित गरिएको बोर्डका प्रमुख कार्यकारी अधिृकत सुशील ज्ञवालीले बताउनु भयो ।