लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङले आफ्नै कार्यसमिति र प्रदेशको साधारण सभाका सदस्यले आपूmमाथि ल्याएको अविश्वासको प्रश्ताव नियोजित रहेको आरोप लगाएका छन् । लुम्बिनी प्रदेश क्रिकेट संघको १४ सदस्यीय कार्यसमितिमध्ये ११ जना र ४० जना प्रदेश प्रतिनिधिमध्ये ३३ जनाले अध्यक्ष सञ्जयमाथि अविश्वासको प्रश्ताव दर्ता गराएका थिए । उनीहरूले वर्तमान अध्यक्ष सञ्जय गुरुङले अनिमियतता गरेको, खेलाडीसमेत रहेका आफ्नै छोरालाई प्रदेश कमिटीले प्रदान गर्ने सेवा सुविधा दिलाएको र प्रदेश कमिटी राम्रोसँग अगाडि बढाउन नसकेको आरोप लगाउँदै विशेष साधारण माग गरेका हुन् ।