संवैधानिक परिषद्सम्बन्धी विधेयक, २०७९ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा

बैशाख ३१, २०८२ बुधबार

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।  बुधवार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो । सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त प्रश्ताव प्रश्तुत गर्नुभयो । प्रश्तावलाई संसदले सर्वसम्मतिले स्वीकृत भएको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गर्नुभयो ।  राष्ट्रिय सभाको अर्को बैठक जेठ ५ गते सोमवार दिउँसो सवा १ बजे बस्नेगरी स्थगित भएको छ । —न्युज एजेन्सी नेपाल

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images