नेकपा एमाले केन्द्रिय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने उद्देश्यले छलफल शुरु गरेको छ । बुधवार काठमाडौंमा सगमाथा संवादको स्थानीयकरणःजलवायु शक्तिकरण र विपद् न्युनिकरणको लागि राजनीतिक प्रतिवद्धत कार्यक्रमको आयोजना गर्दै विभागले सगरमाथा संवादलाई सफल बनाउने उद्देश्यबाट छलफल शुरु गरेको बताएको हो । छलफलका क्रममा बोल्दै एमाले नेता खिमलाल भट्टराईले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि पनि सगरमाथा संवाद महत्वपूर्ण हुने बताउनु भयो । विभागले गरेको छलफलबाट आएका निष्कर्षहरु सरकार सुझाव स्वरुप दिने पनि जानकारी गराउनु भयो ।