राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले निर्वाचन प्रणालीबाट मात्रै परिवर्तन सम्भव नरहेको बताउनुभएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकमा सरकारले प्रश्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । निर्वाचन प्रणालीबाट मात्रै परिवर्तन हुन्छ भन्ने सोच नराख्न पनि आग्रह गर्नुभयो ।