वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सबै मिलेर मुलुकमा लगानीको वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित सङ्घियताको कसीमा आर्थिक वर्ष २०८२/०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश बनाउन सबै क्षेत्रमा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो ।