नेपाली काँग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले तीन वटै सरकारले वातावरण सिर्जना गरिदिए समृद्धिको बाटोमा जानसक्ने आधारहरू रहेको बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित सङ्घियताको कसीमा आर्थिक वर्ष २०८२/०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा धेरै सम्भावना रहेको बताउनु भयो । देशमा ७/८ वटा केही विषयहरूलाई मात्रै प्राथमिकता राख्ने हो भने पनि आगामी दश वर्षमा कायापलट हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सबैभन्दा बढी स्रोत ल्याउने हाइड्रोपावर क्षेत्रलाई सरकारले पहिलो प्राथमिकता दिनुपर्ने बताउनु भयो ।