नेकपा (एमाले)का सांसद पदम गिरीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको बताउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद गिरीले यस्तो बताउनुभएको हो । उहाँले जनतामा रहेको तिब्र विकासको हुटहुटीलाई सम्बोधन गर्नेगरी सिद्धान्त र प्राथमिका आएको बताउनु भयो । बजेट निर्माणका सम्बन्धमा सरकारले विगतको अभ्यास दोहो¥याने नभई बे्रकथ्रू गर्न खोजेको सांसद गिरीको भनाइ छ ।