उपप्रधानमन्त्री एवं आर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयनमा सरकार अघि बढिसकेको बताउनुभएको छ । रामेश्वर खनाल नेतृत्वको आयोगले आर्थिक सुधारका लागि सरकारलाई दिएको प्रतिवेदन कार्यान्वयनयोग्य रहेको बताउँदै पौडेलले चरणवद्ध रुपमा सुझावहरुलाई कार्यान्वयन गर्न सरकार लागिपरेको बताउनुभएको हो । अर्थमन्त्री पौडेलकाअनुसार स्वयं आयोगले दिएका सुझावहरु तत्कालिन, दीर्घकालिन, मध्यकालिन महत्वका भएकाले तिनलाई चरणवद्ध कार्यान्वयन गरिने बताउनु भयो । प्रतिवेदनका विषयमा आफू मुलभुत रुपमा सहमत रहेको समेत उहाँले बताउनु भयो ।