सस्तो प्रचार र मिडियाको खपतका लागि अभिव्यक्ति नदिन प्रतिपक्षी नेताहरुलाई सांसद मगरको आग्रह

बैशाख ३१, २०८२ बुधबार
सस्तो प्रचार र मिडियाको खपतका लागि अभिव्यक्ति नदिन प्रतिपक्षी नेताहरुलाई सांसद मगरको आग्रह

नेकपा एमाले सांसद रणकुमारी बलम्पाकी मगरले सस्तो प्रचार र मिडियाको खपतका लागि अभिव्यक्ति नदिन प्रतिपक्षी दलहरुसँग आग्रह गर्नुभएको छ । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले प्रतिपक्ष भनेको वेटिङ अफ गभर्मेण्ट हो भन्नेकुरा नबिर्सिन आग्रह गर्नुभयो । उहाँले सत्ता पक्षमा हुँदा भ्रष्टाचार र विचौलिया, अपारदर्शी, अनियमितताका कुरामा चुइँक्क नबोल्ने र विपक्षीमा पुगेपछि जति सकिन्छ, झुटो लाञ्छना र उपमा दिनुका साथै सरकारकै कार्यशैलीकै कारण गणतान्त्रिक व्यवस्था नै खतरामा छ भन्ने गलत र हलुका टिप्पणीहरु गरेको भन्दै आपत्ति जनाउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images