उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगले दिएका सुझावहरूलाई बजेटमा सम्बोधन गर्न कोशिस गरेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित आर्थिक रूपान्तरणको मार्गचित्रः उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगको प्रतिवेदन कार्यान्वयन सम्बन्धमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । आयोगले सुझाव दिएका र बजेटमा सम्बोधन गर्न सकिने विषयहरू सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।