विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सामान्य र कर्मकाण्डीः प्रकाश ज्वाला

बैशाख ३०, २०८२ मंगलबार
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सामान्य र कर्मकाण्डीः प्रकाश ज्वाला

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता हेर्दा सामान्य, कर्मकाण्डी भएको बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद ज्वालाले सरकारले ल्याएको नीति तथा कार्यक्रममा उल्लेख भएका विषय केही छाँटकाँट गरेर प्रश्तुत गरिएको आरोप लगाउनुभएको हो । उहाँले सिद्धान्त र प्राथमिकता हेर्दा बजेट फेरिपनि भुँइमान्छे र आधारभुत वर्गको पक्षमा आउने विश्वास गर्न नसकिने स्पष्ट पार्नुभयो । सांसद ज्वालाले नीति तथा कार्यक्रम र प्राथमिकतालाई हेर्दा बजेट फेरिपनि दलाल, भूमाफिया, कालाबजारी र सम्पूर्ण रुपमा दलाल पुँजीपतिको हित र स्वार्थमा केन्द्रित भएर आउनसक्ने दाबी गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images