इण्डोनेसियाली सेनाको गोलाबारुद डिस्पोजल विस्फोटमा १३ जनाको मृत्यु

बैशाख ३०, २०८२ मंगलबार
इण्डोनेसियाली सेनाको गोलाबारुद डिस्पोजल विस्फोटमा १३ जनाको मृत्यु

सोमवार पश्चिम जाभा प्रान्तमा म्याद सकिएका गोलाबारुद नष्ट गर्दा १३ जनाको मृत्यु भएको एक सैन्य अधिकारीले बताएका छन् । घटना जकार्ता समयअनुसार बिहान ९ः३० बजे गरुट रिजेन्सीको सागरा गाउँमा भएको थियो । पीडितहरूमा चार सैनिक र नौ बासिन्दा रहेका छन् । इण्डोनेसियाली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल वाह्यु युधायनाले इण्डोनेसियाली सेनाका चार कर्मचारी र समुदायका नौ सदस्य मारिएका बताउनु भयो । सेनाको टोलीले पहिले सबै उपकरणहरूको निरीक्षण गरिसकेको थियो र तिनीहरू सुरक्षित अवस्थामा रहेको पुष्टि गरेको थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images