सिरियाली राजधानीको मुख्य पानी स्रोत, राजधानीको पश्चिममा रहेको ग्रामीण इलाकामा रहेको ऐन अल–फिजेह झरनाबाट प्रवाह १९५८ पछिको सबैभन्दा कम भएसँगै दमास्कसले गम्भीर पानी संकटको सामना गरिरहेको छ । ऐन अल–फिजेह झरना स्टेशनका प्रमुख खालेद हसनकाअनुसार असाधारण रूपमा सुख्खा यामका कारण पानीको स्तर तिब्र रूपमा घटेको छ । दमास्कस र ग्रामीण खानेपानी प्रतिष्ठानको तथ्याङ्कको आधारमा यस क्षेत्रमा वार्षिक औसत वर्षाको २५ प्रतिशत मात्र वर्षा भएको छ । जुन लगभग सात दशकमा रेकर्ड गरिएको सबैभन्दा कम हो ।