प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शिक्षाहरु सरल रहेको बताउनुभएको छ । सोमवार स्वयम्भूस्थित आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बौद्धसभामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले बुद्धका शिक्षाहरु जटिल नरहेको बताउनु भयो । उहाँले झुटो नबोल, असत्य मार्ग नहिँड, असत्य नबोल, हिंसा नगर, कसैप्रति अन्याय नगर जस्ता सहज शिक्षाहरु रहे पनि अपनाउन कठिन रहेको बताउनु भयो ।