आइएमई ग्रुपको लगानीमा मौलाकालीमा इला होटल सञ्चालन (तस्बिरहरु)

बैशाख २९, २०८२ सोमबार
आइएमई ग्रुपको लगानीमा मौलाकालीमा इला होटल सञ्चालन (तस्बिरहरु)

आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१ मौलाकालीमा इला होटल तथा रिसोर्ट सञ्चालनमा आएको छ ।  सोमवार औपचारिक उद्घाटनपछि होटल तथा रिसोर्ट सञ्चालनमा आएको हो । होटलको संस्कृति, पर्यटन तथा नागसिरक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले शुभारम्भ गर्नुभयो । मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा कोठा, एक हजार जना क्षमताको ब्याङक्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्विमिङपुल, स्पा र जिमलगायत विभिन्न सुविधाहरु उपलब्ध छन् । केबलकारसहितको इला होटल तथा रिसोर्टको अत्याधुनिक पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमि, तपोभूमिसहितका सम्पदाहरुको ऐतिहासिक गरिमा र महिमा, तथा यस क्षेत्रको प्रकृति पर्यटनलाई सबै नेपाली तथा विदेशी पर्यटकहरुसमक्ष पुर्याउन थप सघाउन पुग्ने विश्वास लिइएको छ । —न्युज एजेन्सी नेपाल

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images