प्यालेस्टिनी पानी प्राधिकरणले इजरायलसँगको जारी द्वन्द्वको बीचमा पानी र सरसफाई सेवाहरू लगभग पूर्ण रूपमा ध्वस्त भएका कारण गाजापट्टी पानीको संकटले समस्यामा परेको बताएको छ । एक विज्ञप्तिमा प्राधिकरणले इजरायली सैन्य कारबाही, व्यापक पूर्वाधार क्षति, बिजुली कटौती र इन्धन र आवश्यक आपूर्तिहरूमा प्रतिवन्धले पानी सेवाहरू लगभग ठप्प भएको बताएको छ । एन्क्लेभमा ८५ प्रतिशत पानी र सरसफाई सुविधाहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् ।