भारत–पाकिस्तान तनावको असर नेपाल–भारत सीमामा

बैशाख २७, २०८२ शनिबार
भारत–पाकिस्तान तनावको असर नेपाल–भारत सीमामा

भारत–पाकिस्तानबीचको तनावको असर नेपाल–भारत सीमामा समेत देखिएको छ ।  प्रहरी प्रधान कार्यालयले नेपाल–भारत सीमामा सुरक्षा शतर्कता बढाउन निर्देशन दिएको हो । सोही निर्देशनअनुसार भारतसँग जोडिएको सीमामा सुरक्षामा सुरक्षा कडाई धनुषामा समेत बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले बताउनु भयो । उहाँले सीमामा आवत जावत गर्ने यात्रुको परिचय पत्र प्रमाणीकरण गर्नुका साथै आवतजावतको प्रयोजन र सवारी साधनको समेत रेकर्ड राख्न तदारुकता देखाइएको जिानकारी दिनुभयो । उहाँले भारत र पाकिस्तानबीच देखिएको विवादलाई मध्यनजर गरेर प्रहरी प्रधान कार्यालय, मधेस प्रदेश प्रहरी कार्यालयबाट भएका निर्देशनलाई कार्यान्वयन गरिरहेको बताउनु भयो । सीमामा हुने आवागमनलाई व्यवस्थित र सुरक्षित बनाउन लागिरहेको जानकारी दिनुभयो । आउने र जाने प्रयोजन रेकर्ड गरेर मात्रै आवतजावत गर्न दिने व्यवस्था मिलाइएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images