सस्तो लोकप्रियता भन्दा शतप्रतिशत कार्यान्वयनमा जाने बजेट ल्याउनुपर्छः विनोद चौधरी

बैशाख २६, २०८२ शुक्रबार
सस्तो लोकप्रियता भन्दा शतप्रतिशत कार्यान्वयनमा जाने बजेट ल्याउनुपर्छः विनोद चौधरी

नेपाली काँग्रेस सांसद विनोद चौधरीले आगामी बजेटमा गर्न सकिने कामहरु मात्र समावेश गर्न सुझाव दिनुभएको छ ।  संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौधरीले विगतमा भएका कमजोरीहरुबाट पाठ सिकेर भोलिका दिनमा गर्न सकिने काममात्र समावेश गरिनुपर्नेमा जोड दिनुभएको हो । उहाँले हरेक पटक बजेट आयो, पुरानै कार्यक्रमहरु राख्यो तर गर्न चाहीँ केही गर्न सकेन भन्ने खालका कार्यक्रमहरु ल्याउनेक्रम रोकिनुपर्नेमा जोड दिनुभयो । सांसद चौधरीले जति बोलेको हो त्यति गर्नेगरि बजेट ल्याउनुपर्छ भन्दै हल्का र सस्तो लोकप्रियताका लागि बजेट ल्याउनु भन्दा शतप्रतिशत कार्यान्वयनमा जानेगरि ल्याउनुपर्ने स्पष्ट पार्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images