नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले केही दिनभित्रै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने बताउनुभएको छ । शुक्रवार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गभर्नर नियुक्तिका लागि छलफलले केही समय लिएको बताउनु भयो । उहाँले दलहरुबीच गभर्नर नियुक्तिको विषयमा कुनै असमझदारी नभएको बताउनु भयो । गभर्नर नियुक्तिको छलफल नियमित प्रक्रियाबाट नै अगाडि बढेको उहाँको भनाइ छ । उहाँले केही कानूनी विषयमा गभर्नर नियुक्तिको विषय अदालतमा पुगेकाले नियुक्तिमा ढिलाइ भएको जिकिर गर्नुभयो । उहाँले सरकारले छलफललाई निश्कर्षमा पु¥याएर छिट्टै नियुक्ति गर्ने बताउनु भयो ।