नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले राजा खोजेर समय बर्बाद नगर्न राजावादीहरुलाई सुझाव दिनुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद बाँस्कोटाले राजावादीलाई यस्तो सुझाव दिनुभएको हो । उहाँले राजसंस्थाको वकालत आएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आन्दोलन गर्ने नभई आगामी निर्वाचनमा बहुमत ल्याउने कोशिस गर्न समेत सुझाव दिनुभयो । उहाँले कुनैपनि हालतमा समाज पछाडि नजाने भन्दै तासका बुङका राजा–रानी खोजेर अब जिन्दगी गुजार्नुस् भन्दै कटाक्ष गर्नुभयो ।