नीति तथा कार्यक्रममा विदेश जाने जनशक्ति रोक्ने कार्यक्रम आएनः दीपक गिरी

बैशाख २६, २०८२ शुक्रबार
नीति तथा कार्यक्रममा विदेश जाने जनशक्ति रोक्ने कार्यक्रम आएनः दीपक गिरी

नेपाली काँग्रेस सांसद दीपक गिरीले नीति तथा कार्यक्रममा विदेश जाने युवाको लर्कोलाई रोक्नसक्ने कार्यक्रम नसमेटिएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद गिरीले विगतलाई सम्झने हो भने सत्ता पक्षीय सांसदको हैसियतमा ‘स्मल इज ब्युटिफुल’ भनेपनि वर्तमान अवस्थामा भने अलिकति नराम्रो नराम्रो हो कि भन्ने लाग्न थालेको बताउनुभएको हो । सांसद गिरीले नीति तथा कार्यक्रममा स्पष्ट रुपमा प्रश्तुत भएका कुराहरु बदल्न सकिन्छ त ? भन्दै प्रश्न गर्नुभयो । त्यसैले नीति तथा कार्यक्रममा प्रश्तुत नभएका कुरा चर्चाको रुपमा बलियो ढंगले आएकाले अब परम्परागत शैलीलाई परिवर्तन गर्दा नै राम्रो हुने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images