सैन्य समाधान कुनै समाधान होइनः महासचिव गुटेरेस

बैशाख २४, २०८२ बुधबार
सैन्य समाधान कुनै समाधान होइनः महासचिव गुटेरेस

भारत र पाकिस्तानको युद्धका बीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले  गल्ती नगर्न आग्रह गर्नुभएको छ । सैन्य समाधान कुनै समाधान नभएको उहाँको भनाइ छ । उहाँले दुवै देशका सरकार र जनताप्रति सम्मान व्यक्त गर्दै संयुक्त राष्ट्र शान्ति स्थापनामा उनीहरूको महत्वपूर्ण योगदान रहेको बताउनु भयो । अहिले सम्बन्ध बिग्रिएको देख्दा पीडा महशुस भएको उहाँको भनाइ छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images