नेपाल आर्मी क्लव र गण्डकी प्रदेश मंगलबार राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा पुगेका छन् । ललितपुरको च्यासल फुटबल मैदानमा मंगलवार सम्पन्न सेमिफाइनलमा आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै आर्मी र गण्डकी फाइनलमा पुगेका हुन् । पहिलो सेमिफाइनलमा काशिराज राईको ह्याट्रिकमा आर्मीले एपिएफलाई ६–० लाई हरायो । राजेन्द्र कार्कीले दुई र प्रदीप राजवंशीले एक गोल गरे ।