नेकपा (एमाले) राष्ट्रिय सभा प्रमुख सचेतक भगवती न्यौपानेले सरकार ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सकिने विषयहरू समेटेर ल्याइएको बताउनुभएको छ । मंगलवार बसेको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । प्रमुख सचेतक न्यौपानेले नीति तथा कार्यक्रम विगतको भन्दा धेरै वैज्ञानिक र यथार्थ धरातलमा टेकेर ल्याइएको दाबी गर्नुभयो ।