पूर्वशिक्षामन्त्री विद्या भट्टराईले सार्वजनिक शिक्षाको सुधारका लागि संसदबाट क्रियाशिल रहने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उक्त कुरा बताउनुभएको हो । उहाँले विद्यालय शिक्षा विधेयक समितिमा आएपछि सरोकारवालाहरुसँग एक महिनासम्म छलफल गरेको बताउनु भयो । उहाँले आफू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री हुँदा पनि विधेयकबारे संशोधनकर्ताहरुसँग छलफल गरेको बताउनु भयो ।