कारणसहित प्रिसा साहको मृत्युबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई संसदीय समितिको निर्देशन

बैशाख २२, २०८२ सोमबार
कारणसहित प्रिसा साहको मृत्युबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई संसदीय समितिको निर्देशन

संसदीय समितिले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी प्रिसा साहको मृत्युको सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।  सोमवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले केआइआइटीमा अध्ययनरत छात्रा वीरगञ्जकी प्रिसा साहको मृत्युको सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको हो । छात्रा साहको निधनप्रति समितिले दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images