राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नीति तथा कार्यक्रममा निराशा मात्रै देखिएको बताउनुभएको छ । सोमवार राष्ट्रिय सभा बैठकमा सरकारले प्रश्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशभर सिर्जना भएका समस्याहरुको समाधान दिने गरी नीति तथा कार्यक्रम नआएको बताउनु भयो ।