राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले नीति तथा कार्यक्रम देशहित, प्रगति र अग्रगामी निकासका लागि आएको बताउनुभएको छ । सोमवार राष्ट्रिय सभा बैठकमा सरकारले प्रश्तुत गरेको आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नीति तथा कार्यक्रम लोकतान्त्रिक गणतन्त्रको संविधानलाई बलियो बनाउने गरी आएको दाबी गर्नुभयो । उहाँले विकास निर्माणका परियोजनाहरु चालु आर्थिक वर्षमै सम्पन्न गर्ने गरी योजना ल्याइएको बताउनु भयो ।