नीति तथा कार्यक्रमले विकासको मोडल तयार पारेको छः सांसद भट्टराई

बैशाख २२, २०८२ सोमबार
नीति तथा कार्यक्रमले विकासको मोडल तयार पारेको छः सांसद भट्टराई

राष्ट्रिय सभामा नेकपा (एमाले) का सांसद गोपाल भट्टराईले सरकारको नीति तथा कार्यक्रम व्यवस्थित र नीतिकै रुपमा आएको बताउनुभएको छ । सोमवार राष्ट्रिय सभा बैठकमा सरकराको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थालाई सुदृढ बनाउने गरी नीति तथा कार्यक्रम आएको बताउनु भयो । उहाँले गणतन्त्रमाथि भइरहेका चुनौतिको प्रतिवाद गर्नेगरी नीति तथा कार्यक्रममा व्यवस्था गरिएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images