राष्ट्रिय सभा सदस्यहरुले विभिन्न विकास निर्माणलगायतका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सोमवार बसेको राष्ट्रिय सभा बैठकमा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । नेपाली काँग्रेसका सांसद कृष्णबहादुर रोकायले राष्ट्रिय गौरवको अयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोटको भेरी नदीमा पुल बन्न नसकेकोप्रति सरकारको ध्यानकर्षण गराउनु भयो । उहाँले उक्त नदीमा पुल निर्माण कहिलेसम्म हुन्छ भन्ने बारे सम्बनिधत मन्त्रालयसँग जवाफ माग गर्नुभयो ।