प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनअपेक्षा विपरित परम्परा धान्ने र औपचारिकतामै सिमित हुने खालको रहेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागि हुँदै अध्यक्ष दाहालले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले नीति तथा कार्यक्रममा उल्लेख गरिएका विषयवस्तुले देशको अर्थतन्त्रका सामु देखिएका जटिलता र जनस्तरमा चुलिएको असन्तोष सम्बोधन गर्न नसकेको टिप्पणी गर्नुभयो ।