सरकार स्वार्थ समूहहरुको लगाममा कुदिरहेको छः अध्यक्ष दाहाल

बैशाख २२, २०८२ सोमबार
सरकार स्वार्थ समूहहरुको लगाममा कुदिरहेको छः अध्यक्ष दाहाल

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार स्वार्थ समूहहरुको लगाममा कुदिरहेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागि हुँदै अध्यक्ष दाहालले यस्तो आरोप लगाउनुभएको हो । आलोचना गर्नेहरुलाई थुन्ने, पदबाट निकाल्ने, प्रतिशोध साँध्ने र गठबन्धन निर्माणका सुत्रधारहरुको स्वार्थमा एकपछि अर्को निर्णय गर्नमा मात्रै सरकार सिमित रहेको अध्यक्ष दाहालको टिप्पणी छ । उहाँले अहिलेको मुख्य समस्या सहकारी तथा लघुवित्त ठगी, आर्थिक अपराध, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार र कुशासन भएपनि यी विषयहरुलाई नीति तथा कार्यक्रममा महत्व नदिइएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images